• जेष्ठ ११ २०८२, शनिबार

माइग्रेनका कारण र उपचार

चैत्र २० २०८१, बिहीबार

कारण

माइग्रेन यही कारणले हुन्छ भनेर वैज्ञानिकले ठोस कारण पत्ता लगाइसकेका छैनन्, तर पनि माइग्रेन हुने केही कारणहरुमा, महिलाहरुमा महिनावारीले गर्दा हुने हर्मोनको उतारचढावले गर्दा पनि यो रोग धेरै लाग्ने गर्छ भने धेरै तनाव, चिन्ता लिने गर्नाले पनि यो रोग लाग्ने गर्छ। यस्तै, घरमा आमा बाबुमध्ये कसैमा माइग्रेन छ भने छोरा छोरीमा हुने सम्भावना धेरै हुन्छ त्यसैले केही माइग्रेन वंशाणुगत कारणले पनि हुन्छ। अर्को कुरा मानिसको खानपिनले गर्दा पनि माइग्रेन हुने गर्छ। धेरै चक्लेट, आइसक्रिम खाने र घाममा धेरै हिँड्नेहरुलाई माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ।

उपचार

यदि कुनै मानिसलाई समयसम्म लगातार टाउको दुखिरहन्छ भने उसले एमआराई, टाउकोको सिटिस्क्यान गर्नुपर्छ। यदि एमआराई, सिटिस्क्यान गर्दा पनि टाउकोमा अरु केही समस्या देखिएन र लामो समयसम्म टाउको लगातार दुखिरहन्छ भने त्यस्तो बिरामीलाई माइग्रेन भएको मानिन्छ। यसरी माइग्रेन देखिइसकेपछि यसको उपचार दुई तरिकाले गरिन्छ एक औषधी सेवन र अर्को माइग्रेन एट्याकबाट बच्न बिरामीले आफ्नो जीवनशैलीलाई सुधार गरेर।

माइग्रेन देखिइसकेपछि बिरामीले चकलेटहरु कम खाने, धुलो धुवाँबाट बच्ने र आफूलाई तनावरहित

राख्नुपर्छ। यदि माइग्रेन एट्याक भएमा टाउको सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाहमा दुखाइ कम गर्ने औषधी सेवन गर्न सकिन्छ। तर, लामो समयसम्म माइग्रेनका कारणले टाउको दुखिरहेमा चिकित्सकको सल्लाहमा यसको एट्याकबाट बचाउने औषधी खानुपर्छ।

यसका अलवा बिरामीले दैनिक शारीरिक अभ्यास गर्ने जसमा दैनिक आधा घण्टा हिँड्ने, जाड रक्सी चुरोट सेवन नगर्ने गर्नुपर्छ जसले गर्दा माइग्रेनबाट बच्न सकिन्छ।
-(वरिष्ठ न्युरोलोजिस्ट डा.मोहन शर्मासँग गरिएको कुराकानीमा आधारित)