१९ चैत, काठमाडौं । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो । लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो । उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्रि दिए । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । १५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।