• चैत्र २० २०८१, बिहीबार

मलेसियामा ग्यास पाइपलाइन विस्फोट हुदां १०० जना घाइते

चैत्र १८ २०८१, मंगलवार

चैत्र १९, काठमाण्डौं मलेसियाको सरकारी ऊर्जा फर्म पेट्रोनासद्वारा सञ्चालित ग्यास पाइपलाइनमा मंगलबार आगलागी हुँदा कम्तीमा एक सय जना मानिस घाइते भएका छन् । घाइतेमध्ये ६० जनालाई अस्पताल भर्ना गरिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । तीमध्ये अधिकांश जलेका, सास फेर्न समस्या भएका तथा चोटपटक लागेको जनाइएको छ ।

विस्फोटका कारण कम्तीमा ४९ घरमा क्षति पुगेको अग्नि नियन्त्रकहरूले बताएका छन् । राजधानी क्वालालम्पुर नजिकै भएको घटनाका कारण धेरै मानिसहरू आफ्नो घरबाट भाग्न बाध्य भएका समाचार संस्थाहरूले जनाएका छन् । सेलाङ्गोर राज्यका अग्निनियन्त्रण निकायको विज्ञप्ति अनुसार ईद मनाउने क्रममा लागेको आगो ग्यास पाइपलाइन चुहावटका कारण लगभग ५ सय मिटरसम्म फैलिएको हो ।