१९ चैत, काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
आगो निभाउनका लागि दमकल घटनास्थल तर्फ गइसकेको काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले अनलाइनखबरलाई बताए ।