• चैत्र १९ २०८१, बुधबार

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

चैत्र १८ २०८१, मंगलवार

चैत १९, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । पछिल्ला चार दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार प्रतितोला १ हजार ८०० ले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।