नयाँ लुगा स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ ।
अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।
स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको छ । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन् ।
अनुसन्धानकर्ताहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन् । उनीहरुले भनेका छन, यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ ।