• चैत्र १९ २०८१, बुधबार

बसको ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय मेहताको मृत्यु

चैत्र १८ २०८१, मंगलवार

१९ चैत, विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व–पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका– ६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करमा परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका–३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका–२ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । बस चालक सिरहाको लाहान नगरपालिका–१५ का ३४ वर्षीय सुर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।