• चैत्र १९ २०८१, बुधबार

रवि लामिछाने सभामुखलाई भेट्न सिंहदरबार जाँदै

चैत्र १८ २०८१, मंगलवार

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलवार सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

सभापति लामिछानेसहित सांसदहरूले मंगलबार बिहान १० बजे सांसद पद फुकुवाका लागि सभामुख घिमिरेलाई भेट्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

गत कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए।

सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।

लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेका हुन् ।