• चैत्र १९ २०८१, बुधबार

ओली सरकार कसरी बन्यो, चितवन पुगेर भन्छु : रवि लामिछाने

चैत्र १७ २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो टाउकोमाथि सरकारले तरबार राखेको आरोप लगाएका छन् ।
सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता नगरेर सरकारले आफ्नो आवाज दबाउन खोजेको आरोप लगाएका हुन् ।

सरकारले पार्ने जुनसुकै अप्ठ्यारोका लागि आफू तयार भएको उनले बताए । आफूले धेरै कुरा चितवनमा पुगेर जनतामाझ भन्ने पनि लामिछानेले बताए ।

‘आउने शनिबार म चितवन जाँदैछु, त्यहाँको सभामा म भन्नेछु, सरकार कसरी बन्यो, कसका कारण ढल्यो, सबै कुरा बताउनेछु,’ उनले भने ।