• चैत्र १९ २०८१, बुधबार

हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

चैत्र १७ २०८१, सोमबार

१८ चैत, हुम्ला । कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–४ मा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–४ दुल्ली गाउँकी करिब ७२ वर्षकी पानकला थापाको मृत्यु भएको इलका प्रहरी चौकी सर्केगाडले जनाएको छ ।

सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे १ ख ३७६४ नम्बर ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । थापाको मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।