• चैत्र १९ २०८१, बुधबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकड, आज कतिमा हुँदैछ कारोबार ?

चैत्र १७ २०८१, सोमबार

१८ चैत, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।