• चैत्र १८ २०८१, मंगलवार

तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता मिश्र, राणामाथि ५ दिनको म्याद थप

चैत्र १६ २०८१, आईतवार

चैत्र १७,काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए ।

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।