• चैत्र १८ २०८१, मंगलवार

आफूलाई पक्रन र ज्ञानेन्द्रलाई नजरबन्द गर्न दुर्गा प्रसाईंको चेतावनी सन्देश

चैत्र १६ २०८१, आईतवार

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफूलाई पक्रन र २४ घण्टाभित्र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न चुनौती दिएका छन् ।

अज्ञात स्थलबाट एक भिडियो सन्देश जारी गर्दै प्रसाईंले तीन दलका शीर्ष नेताहरू बसेर आफूलाई थुन्ने र पूर्वराजालाई नजरबन्दमा राख्ने योजना बनाउन थालेको दाबी गरेका छन् ।

उनले भिडियोमा आफू हत्यारा र बलात्कारी नभएको उल्लेख गर्दै भागेर कहीँ पनि नजाने बताएका छन् । जनताको मुक्तिका लागि लडाइँ जारी राख्ने उनको आशय छ । नागरिक बचाउ महाअभियान नामक फेसबुक पेजबाट प्रसाईंको भिडियो सार्वजनिक भएको हो ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् । उनले हिंसाका लागि उक्साहट मच्चाएको आरोपसहित प्रहरीले खोजी गरेको छ ।