काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा भएको क्षतिको कारबाहीस्वरुप पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना तोकेको छ ।
सो जरिवानाको पत्र बुझाउन आइतबार बिहान निर्मलनिवास पुगेको टोली पत्र बुझाउन नपाई फर्केपछि अहिले सो पत्र हुलाकमार्फत पठाइएको छ ।
बिहान महानगर प्रहरी पत्र लिएर निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र बुझ्न मानेको थिएन । त्यसपछि महानगरले हुलाकमार्फत पत्र पठाएको हो । विभिन्न ८ शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवान गर्ने निर्णय महानगरले गरेको छ ।