• चैत्र १८ २०८१, मंगलवार

ध्यान गर्नुका फाइदै फाइदा

चैत्र १६ २०८१, आईतवार

ध्यान गर्नुका फाइदा यस्ता छन् ः

१) शारीरिक स्वास्थ्यमा हुने फाइदा

· मस्तिष्क क्षमताको वृद्धि विकास हुन्छ ।

· मस्तिष्कमा अझ राम्रो रक्तसञ्चार हुन्छ ।

· कोर्टिसोल नामक तनाव गराउने हर्मोनको उत्पादन घटाउँछ ।

· रक्तसञ्चारमा सुधार र सामान्य रक्तचाप कायम राख्छ ।

· सिकाइका क्रममा निकै प्रभावकारी तरिकाले स्नायु परिचालन हुने र मस्तिष्कको क्षमता बढाउँछ ।

· मुड राम्रो र फुर्तिलो गराउने हर्मोन सेरोटोनिन र डोपामाइनहरूको उत्पादन बढ्छ र डिप्रेसन जस्ता मानसिक रोग निको बनाउँछ ।

· प्यारासिम्पाथेटिक स्नायु प्रणालीलाई सन्तुलित बनाई तनावबाट आराम गराउनुका साथै उपचार गराउँछ ।

· रोगविरुद्धको प्रतिरोध क्षमता बढाउँछ ।

· मांसपेशीमा आरामको अनुभव गराउँछ ।

· बुढ्यौलीपन ढिलो गराउँछ र तरोताजा अनुभूति गराउँछ ।

२) मानसिक स्वास्थ्यमा हुने फाइदा

· चिन्ता, तनाव र डिप्रेसन घटाउँछ ।

· तनाव भइहालेमा तुरुन्तै घटाउने गरी स्नायु प्रणाली विकसित हुन्छन् ।

· सकारात्मक संवेगहरू बढाउँछ ।

· एकाग्र बनाउने र वर्तमानका सावधानीहरूको बारेमा सचेत गराउँछ ।

· संवेगात्मक क्षमता, निरन्तर ताजापन र बौद्धिक क्षमताको विकास गराउँछ ।

· सहानुभूति तथा दया, माया र ममताको विकास गराउँछ ।

· स्वयं आफूसँग र अन्य परिस्थितिसँग इन्द्रियहरूको संयोजन गराउने प्रक्रियामा वृद्धि गर्छ ।

· आफू को हो र जीवनको उद्देश्य तथा अर्थको बारेमा परिचित गराउँछ ।

· सामाजिकपनको विकास गराउँछ ।