गर्मी मौसमसंगै सबैको रोजाइ दही,मोही र लस्सी हुने गर्दछ । स्वास्थ्यका लागि पनि उतिकै फाइदा गर्ने स्वादमा निकै मिठो हुने यी पदार्थ प्राय मानिसहरुले गर्मी मौसममा पिउने गरिन्छ ।
मोही स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ । गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ ।
मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्याउने धेरै तत्व हुन्छन् ।
मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नजाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ
व्यस्त दैनिकी र दौडधुपका कारणले गर्मी याममा शरीरमा आलस्यता आउने भए पनि महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ ।
मोटोपना अधिक हुँदा महीमा नून मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
उच्च रक्तचाप हुँदा चूर्ण महीको साथ सेवन गर्नुपर्दछ।
कपाल झर्ने समस्यामा पनि मही उत्तिक्कै उपयोगी हुन्छ । यसको लागि बासी महीले हप्तामा दुई दिन कपाल धुदा सिल्की र चम्किलो बनाउने गर्दछ।