चैत्र १६,काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।
पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् । बानेश्वरमा २५ जना, बृत्र् गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्र बालाजुमा १ जना र बृत्र् सिंहदरबारमा २ जना रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।