• चैत्र १८ २०८१, मंगलवार

तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

चैत्र १५ २०८१, शनिबार

१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताएका हुन् ।

‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।