• चैत्र १८ २०८१, मंगलवार

‘सरकारलाई प्रचण्डको सुझाव – योग्य गभर्नर ल्याउनुहोस्’

चैत्र १५ २०८१, शनिबार

१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिएका छन् । व्यवस्था बलियो बनाउन जनताको अवस्था सुधार गर्नुपर्ने र जनताको अवस्था सुधार गर्नका लागि अर्थतन्त्र सबल बनाउन आवश्यक रहेको उनले बताए ।

शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘योग्य गर्भनर ल्याउनुहोस् । यस्तो मान्छे आओस, प्रणालीमा सुधार गरोस,’ प्रचण्डले भने ।