• चैत्र १८ २०८१, मंगलवार

तिनकुने हिंसामा निधन भएका पत्रकार रजकलाई सहीद घोषणा गर्न परिवारको माग

चैत्र १५ २०८१, शनिबार

१६ चैत, काठमाडौँ । समाचार संकलनका क्रममा हिजो तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।

एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।