• चैत्र १८ २०८१, मंगलवार

राजावादी आन्दोलनका रोयल टास्कफोर्स कमाण्डर राजभण्डारी पक्राउ

चैत्र १५ २०८१, शनिबार

काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । राजभण्डारी रोयल टास्कफोर्सका कमाण्डर हुन् ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्वक्याप्टेन पनि हुन् ।

घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।