• चैत्र १८ २०८१, मंगलवार

ज्ञानेन्द्रको आपराधिक मानसिकता र छाडातन्त्रलाई ठेगान लगाउनु पर्छ : प्रचण्ड

चैत्र १५ २०८१, शनिबार

काठमाडौँ । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।


Advertisement

सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताए । राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए ।