काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ ।
आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न पनि नपुगेको र आन्दोलन राप्रपाको होइन भन्ने अभिव्यक्ति दिएको भन्दै पदाधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् ।
मिश्र र राणालाई भेट्न अहिलेसम्म पनि लिङ्देन नपुगेको र उनको धारणाका विषयमा अहिले ३ बजे बस्ने बैठकमा चर्कोरुपमा कुरा उठाउने ती नेताले बताए । ‘लिङ्देनलाई आन्दोलनको स्वामित्व लिने कि पार्टी छाड्ने भन्नेसम्मको कुरा उठाउने तयारीमा छौँ,’ ती नेताले भने ।