• चैत्र १८ २०८१, मंगलवार

पूर्वपञ्च नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, सुवेदीलाई भेटघाटमा प्रतिबन्ध

चैत्र १५ २०८१, शनिबार

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ गरिएको छ ।
शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो । एक प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन ।

‘केही अत्यावश्यक परेको खण्डमा माथिबाट निर्देशन आएपछि मात्रै भेटघाट दिन्छौं,’ स्रोतले भन्यो, ‘अहिले उहाँसँग कसैलाई भेट्न दिएको छैन ।’

अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ । शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक उनै सुवेदी थिए भने कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए ।

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेपछि दुई जनाको ज्यान गएको छ ।

उनीहरूले निजी सम्पत्ति, सरकारी कार्यालय, गाडी, सञ्चारगृहका भवन लगायतमा ठूलो तोडफोड गरेको थिए ।