चैत १६, काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर हालसम्म कम्तीमा एक हजारजनाको मृत्यु भएको छ । ठूलो संख्यामा घाइते भएका छन् ।अझै ठूलो संख्यामा मृतक र घाइतेको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो । सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । बैंकको एक भवन भत्किँदा १५ जना भग्नावशेषमा फेसको बीबीसीले जनाएको छ ।
बैंककमा एक निर्माणाधीन भवन भत्किँदा करिब एक सय कामदार बेपत्ता छन् । ६ जनाको जनाको मृत्यु भएको छ ।