• चैत्र १७ २०८१, सोमबार

राजावादीले आगो लगाएको घरको लाइभ गर्न पुगेका पत्रकारको मृत्यु

चैत्र १४ २०८१, शुक्रबार

काठमाडौँ । राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए ।

सो क्रममा फोटोरभिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन, उनले भने । हामी प्रदर्शनको भिडियो खिच्न सँगै घरमाथि चढेका थियौं । उनी छेउको चारतले घरमा थिए ।

हामी पाँचतले घरमा थियो, ह्वाइटखबर डटकमका सम्पादक विक्रम श्रेष्ठले कान्तिपुरसँग भने, ढुंगामुढा समेत हुन थालेपछि हामी भाग्यौं तर सुरेश निस्कन सकेनन् । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।