• चैत्र १७ २०८१, सोमबार

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

चैत्र १४ २०८१, शुक्रबार

१५ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । ‘आज उजुरी आएको छ । अब कानुनी प्रक्रिया अघि बढाउँछौं,’ एसपी अवस्थीले अनलाइनखबरसँग भने ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ । आजै प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि आगजनी गरेका छन् । प्रदर्शन उग्र भएपछि प्रशासनले कफ्र्यु लगाएको छ ।