काठमाडौं । आज भन्दा १५४ वर्षअघि फ्रान्समा भएको क्रान्तिपछि स्थापना भएको पेरिस कम्युनको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यवद्धता जनाएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
आजकै दिन सन् 1871 मार्च 28 का दिन पेरिसका मजदुरहरुले सशस्त्र जनविद्रोह मार्फत् प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारेर ऐतिहासिक पेरिस कम्युनको निर्माण गरेका थिए ।
पेरिस कम्युन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा मार्क्सवादको पहिलो प्रयोग थियो । त्यसैले पेरिस कम्युन अन्तर्राष्ट्रियस्तरमा कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी परिघटना थियो । जसले विश्वका सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायलाई उत्साहित तथा आशावादी बनाएको थियो । यसले संसारभरका सबैखाले अवसरवादी, संशोधनवादी तथा प्रतिक्रियावादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाएर थर्कमान तुल्याएको थियोे ।
त्यसैले आज विश्वभरका आधुनिक आौद्योगिक मजदुरहरु, श्रमजीवी सर्वहारा वर्गीय उत्पीडित तथा मुक्तिकामी जनसमुदाय र क्रान्तिकारी कम्युनिस्टहरुले १५४औं वर्षगाँठ महान् तथा ऐतिहासिक पेरिस कम्युनको संझना स्वरुप स्थापना दिवसप्रति सम्मान प्रकट गर्दछन् । विश्व सर्वहारा क्रान्तिकाप्रति दृढ विश्वास व्यक्त गर्न गइरहेका छन् ।
पेरिस कम्युन निर्माण भएकोमा प्रतिक्रियावादी सत्ताद्वारा प्रतिक्रान्ति भएपछि महान पेरिस कम्युन ७२ दिन मै १८७१ मे ३० का दिन ढल्न पुगेको थियो । ३० हजार पेरिस कम्युनका निर्माता मजदुरहरुको हत्या गरिएको थियो भने ४९ हजार घाइते हुनुका साथै ४३ हजार मजदुरहरुलाई गिरफ्तार गरिएको थियो ।
पेरिस कम्युनको निर्माण पश्चात प्रतिक्रान्तिको दुःखद परिघटना यति ठूलो नरसंहार विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो घटना हो । पेरिस कम्युनको निर्माण भएको आज १५४ पुरा भइसकेको छ ।
केसीले विज्ञप्तिमा भनेका छन्,‘छोटै अवधिमा पेरिस कम्युनको पतन भएको भए तापनि हामी यसको इतिहास र शिक्षा युगौं युगसम्म जीवन्त रहनेछ भन्ने विश्वास गर्दछौं ।’