काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका जनाइएकाे छ । शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।