• चैत्र १७ २०८१, सोमबार

सुनिलबाबु पन्तले हाले दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

चैत्र १४ २०८१, शुक्रबार

काठमाडौँ । राजावादी अभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचानका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ ।

उजुरीमा दुर्गा प्रसाईका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न, समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणाष्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न माग गरिएको पन्तले बताए ।