काठमाडौँ । राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ । राप्रपाका प्रवक्ता सगुन लावतीले प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित बनेको बताए ।
प्रहरीबाट कार्यक्रम भइरहेको मञ्च नजिकै अश्रुग्यास प्रहार भएपछि कार्यक्रम केहीबेर प्रभावित बन्न पुगेको उनको भनाइ छ । प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ ।
सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।