काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने केपी ओली सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।