चैत १४, कामठाडौं । आफूलाई नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरी कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
घिसिङका प्रतिनिधि रिट लिएर बुधबारै सर्वोच्चमा पुगे पनि समय नपुगेकाले बिहीबार मात्र सो रिट दर्ता भएको छ । रिट दर्तासँगै शुक्रबारका लागि पेसीमा समेत चढेको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उता घिसिङसँगै शाक्य पनि सर्वाेच्च पुगेका छन् । यसअघि उनलाई पनि तत्कालीन सरकारले पदबाट हटाएको थियो । र, सो रिटको टुंगो लागेको छैन ।