• चैत्र १६ २०८१, आईतवार

अमेरिकाको पेम्ब्रोक पार्कमा गोलीबारी, एक महिला र ३ बालबालिका मारिए

चैत्र १३ २०८१, बिहीबार

न्यूयोर्क । अमेरिकामा अर्को भयानक गोलीकाण्ड भएको छ । दक्षिण फ्लोरिडामा बुधबार राति गोली लागेर एक महिला र तीन बालबालिकाको मृत्यु भएको छ ।

यस घटनामा अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । ब्रोवार्ड शेरिफको कार्यालयका अग्नि उद्धार बटालियन प्रमुख माइकल केनले साउथ फ्लोरिडा सन सेन्टिनेललाई बताए अनुसार पेम्ब्रोक पार्कमा राति ८ बजेतिर गोलीबारी भएको थियो ।

घटनामा एक जना वयस्क पुरुष र एक केटीलाई अस्पताल लगियो । अस्पताल लगिएका दुई जनाको अवस्था तत्काल स्पष्ट हुन सकेको छैन ।

समाचार रिपोर्टहरूका अनुसार, पेम्ब्रोक पार्क प्रहरी प्रवक्ता इभान रसले गोलीबारीलाई घरेलु घटनाको रूपमा बताएका छन् ।