काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न भनेपछि शिक्षकहरू आक्रोशित बनेका छन् ।
बिहीबार आयोजित सो कार्यक्रममा शिक्षकहरु आक्रोशित बनेका हुन् । कार्यक्रममा सभापति थापाको सो अभिव्यक्तिपछि नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली लगायतका आक्रोशित भएका थिए ।
कार्यक्रममा सभापति थापाले शिक्षकहरुलाई आन्दोलन नगर्न अनुरोध गर्दै आन्दोलन गरेर पनि ऐन आउन नसक्ने बताएका थिए । उनले आन्दोलन स्थगित गरेर आफ्नो काममा फर्किन शिक्षकहरुलाई अनुरोध गरेका थिए ।
उनले शिक्षकमैत्री ऐन आउन नसकेको खण्डमा आफूले नै आन्दोलन आह्वान गर्ने समेत बताएका थिए । उनको सो टिप्पणी पछि शिक्षकलाई अपमान गरेको र हेपेको भन्दै शिक्षकहरू सभापति थापामाथि जाइलागेका हुन् ।