• चैत्र १६ २०८१, आईतवार

तिल खानुका फाइदै फाइदा

चैत्र १३ २०८१, बिहीबार

तिल खानुका फाइदा यस्ता छन् ः

-तिलमा मोनो स्याचुरेटेड फ्याटी एसिड हुन्छ, जसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई नष्ट गरी राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । यसले मुटु रोग, हृदयाघातको जोखिम कम गर्छ ।

-तिलमा सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व हुन्छ । जसले क्यान्सर रोग बढाउने कोशिकालाई नष्ट गर्छ । यो कलेजो, फोक्सो, पेट, आन्द्रा, स्तन लगायतमा हुने क्यान्सर रोकथामको लागि समेत महत्वपूर्ण मानिन्छ ।

-तिलमा नियासिन नामक भिटामिन हुन्छ, जुन तनाव कम गर्नका लागि लाभदायक मानिन्छ ।

-क्याल्सियम, आइरन, म्याग्नेसियम, जिन्क तथा सेलेनियमले भरिपूर्ण तिलले मुटुको मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ । जसले मुटुको धड्कनलाई नियमित बनाउँछ ।

-तिलमा फोलिक एसिड पाइन्छ, जसले गर्भवती तथा तिनको गर्भमा रहेको शिशुको विकासमा फाइदा गर्छ ।

-तिलले उच्च रक्तचाप नियन्त्रण गर्छ । यसमा पाइने एन्टी ग्लिसेमिकले रगतमा रहेको ग्लुकोजको मात्रालाई ३६ प्रतिशत कम गर्छ । यसैले टाइप २ मधुमेहका बिरामीका लागि यो लाभदायक मानिन्छ ।