चैत १३, काठमाडौं । राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीलाई समय दिए ।
उनले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने विपक्षी दलको बैठकको निर्णय सुनाएका थिए । त्यसपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरे ।
बुधबार नै प्रतिनिधिसभामा पनि विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।