• चैत्र १५ २०८१, शनिबार

सरकारले भूमि सम्बन्धी विधेयक नियमित प्रक्रियाबाट सदनमा लैजाने

चैत्र १२ २०८१, बुधबार

चैत १३, काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक अब नियमित प्रक्रियाबाट सदनमा लैजाने भएको छ । भूमि सम्बन्धी अध्यादेश सदनमा पेस हुन नसकेपछि १८ गतेअघि नै नियमित प्रक्रियाबाट सदनमा लैजाने विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।