काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् ।
बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका छन् । उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन् ।