अनारको जुस पोषक तत्वले भरिपूर्ण हुन्छ । अनारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, आइरन, भिटामिन सी, पोटाशियम, फस्फोरस र एन्टीअक्सीडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । नियमित रुपमा दैनिक अनारको जुस पिउनु फाइदाजनक नै हुन्छ । तर, एक गिलास भन्दा धेरै खानु हुँदैन ।
यसको सेवन स्वास्थ्यका लागी फाइदाजनक हुन्छ। अनारको जुस पिउनालले शरीरमा हेमोग्लोबिनको मात्रा नियन्त्रण गर्न मदत गर्छ। साथै यसको सेवनबाट एनिमियाको समस्या पनि कम हुन्छ। शरीरमा उर्जा दिन र पाचन प्रणालीमा सुधार गर्नका लागि पनि अनारको जुस महत्वपूर्ण हुन्छ। यसैले डाइटमा अनारको जुस प्रयोग गर्न सल्लाह दिने गरिन्छ। तर कुनै कुनै स्थितिमा अनारको जुस पिउनु खतरा पनि हुन सक्छ। अनारको एलर्जी हुनेले यसको सेवन गर्नु हुँदैन ।
यस्ता छ अनारका जुस पिउनका फाइदा :
अनारको जुसले शरीरमा मेटाबोलिज्म र पाचन प्रणालीललाई सहि राख्छ। यसले तौल घटाउन पनि मदत गर्छ।
अनारको जुस पाचनका लागि धेरै लाभदायक मानिन्छ। यसमा पाइने फाइबरले पाचन क्रियालाई ठीक राख्छ। अनारमा पाइने एन्टी-इन्फ्लेमेटरी र एन्टी-कार्सिनोजेनिकले आन्द्रा स्वस्थ राख्छन् र पाचन प्रणाली सुधार गर्छ।
अनारमा पोलिफेनोल भनिने एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू पाइन्छ। पोलिफेनोलले शरीरमा धेरै प्रकारको सुन्निने समस्या कम गर्न मदत गर्छ। अनुसन्धानका अनुसार यसले सुन्निने,आन्द्रा रोग, हाडजोर्नी र मुटुसँग सम्बन्धित रोगहरू निको पार्न सहयोग गर्छ ।
अनारको जुसले अल्जाइमरको समस्यालाई कम गर्न मद्दत गर्छ।
अनारको जुस मुटु रोगबाट पीडित व्यक्तिहरूको लागि लाभदायक मानिन्छ। यसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।