• चैत्र १५ २०८१, शनिबार

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

चैत्र १२ २०८१, बुधबार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने ५१ वर्षीय हरि बहादुर रूचाल रहेका छन् ।

प्रहरीका अनुसार हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । रकमसहित उनी  सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको  छ ।