• चैत्र १२ २०८१, बुधबार

‘प्रधानमन्त्री वली भन्छन् :  कसैका चमत्कारले होइन, हाम्रै आयोजना बनेपछि लोडसेडिङ अन्त्य भएको हो ।’

चैत्र ११ २०८१, मंगलवार

चैत १२,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन । मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए । उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि? भन्दै प्रश्न गरे ।

कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । उनले स–साना कुरालाई समातेर हल्लाखल्ला गर्ने काम भएको बताए । प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए ।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए। ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनले बताए ।