• चैत्र १२ २०८१, बुधबार

जब प्रधानमन्त्रीसँग दुई युवा जागिर माग्न गए

चैत्र ११ २०८१, मंगलवार

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षाले ‘जब लेस’ मानिस तयार भएको बताएका छन् । मंगलबार प्रोगेसिभ इन्जिनियर्स एसोसियसनको १०औं महाधिवेशनमा प्रधानमन्त्री ओलीले अहिलेको शिक्षाले बेरोजगारी उत्पादान गरेको टिप्प्णी गरे । ‘आज युवाहरू बाहिर गएको विषमा काफी चर्चा छ । यहाँ पढ्ने ठाउँ पर्याप्त भएन । त्यो हामीले बनाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले थपे, ‘नेपालको शिक्षा अलिकति सुरु भएको थियो ।

नयाँ शिक्षा लागु भएर, नयाँ शिक्षाले जब लेस मानिस तयार भयो । सर्टिफिकेट लिने अनि पीडित भयो । जब छैन ।’ प्रधानमन्त्री ओलीले आफूसँग दुई जना युवा जागिर माग्न आएको बताउँदै ती युवाले लेख्न र पढ्न बाहेक काम नजानेको प्रसङ्ग सुनाए । ‘एक पटक दुई जना चेली मसँग जब माग्न आउनु भयो । उनीहरूलाई पीडा थियो । तैपनि मैले एकछिन ठट्टा गरेँ । कहाँ काम गर्छौ भन्दा काम गर्ने ठाउँ छैन ।

हस्पिटलमा काम गर्छौ ? त्यो हामीलाई आउँदैन । विद्यालयमा पढाउँछौं ? हामीले एजुकेसन पढेको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘खाना बनाउन आउँछ ? त्यो पनि आउँदैन जुत्ता कारखानामा काम गर्छाैं ? त्यो पनि छैन । के चाहिँ जानेको छ भनेको विचराहरू पढ्न लेख्न मात्र जानेको रहेछ । यस्तो अवस्था रहेछ ।’अहिलेको शिक्षाले जीवनमा चाहिने विकास निर्माणसँग जोड्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘भैँसी दुन, गाई दुन, घाँस काट्न जान्दैनन् । केही पनि जानेको छैन ।

ड्राइभिङ पनि आउँदैन । एजुकेसन यस्तो भयो जीवनमा चाहिने कुरासँग विकास निर्माणसँग जोडिएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कुर्सीमा बसेर कागज लेख्न मात्र आउँछ । त्यो काम कति ठाउँमा पाइन्छ ? यस्तो शिक्षामा धेरै रुमालियौं ।’विदेशमा पढेर फर्किएर देश बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।‘ म जर्मनी पुगेको थिएँ । चाइनिज मात्र ५० हजार पढ्दा रहेछन् । इन्जिनियरिङ आदि । उनीहरू पढेर फर्किए, देश बनाए । विद्यार्थी बाहिर पढ्न गएको हो ।

फर्किन्छन् र देश बनाउँछन,’ उनले भने । मेडिकल कलेजलाई स्वीकृत दिन कठिन भएपछि कन्सल्टेन्सीमा लाम लागेको उनको भनाइ छ । ‘मेडिकल कलेजलाई यहाँ स्वीकृत दिन नहुने । विद्यार्थी भर्ना घटाउनु पर्ने । यसरी नियन्त्रण गर्न लागेपछि । कन्सल्टेन्सीको लाभका लागि काम हुन थालेपछि कसरी विकास हुन्छ ? खुला ठाउँमा पढ्न दिन पर्याे । उद्यमशीलताको विकास हुनुपर्याे,’ प्रधानमन्त्री ओलीले भने ।