धेरै बोल्नुका बेफादा यस्ता छन् ः
– धेरै बोल्ने मान्छेलाई अरुले हल्का रुपमा लिन थाल्छन् । जुनसुकै कुरामा टिप्पणी गर्ने, प्रतिक्रिया दिने, जथाभावी बोल्ने मान्छेको बोलीमा तौल हुँदैन । उनीहरुले बोलेको कुरामा मान्छेले कमै विश्वास गर्छन् र उनीहरुको बोलीमा कमै चासो पनि राख्छन् ।
– कहिलेकाहीं भावावेगमा आएर हामी यस्तो कुरा बोल्छौं, जसले पछि पछुतो मात्र हुन्छ । हामीले बोलेका कुराहरु सच्याउन कठिन हुन्छ । कसैलाई होच्याएर बोलिएका कुरा होस् वा कुनै कुरामा आफ्नो अज्ञानतावश गरिएको टिप्पणी । हामीलाई त्यसले पछि समस्यामा पार्छ ।
– धेरै बोल्ने मान्छेलाई अरुले चाँडै मूल्यांकन गर्छन् । उनी कस्ता हुन्, कस्तो मनोविज्ञानका हुन्, के सोच्छन्, कसो गर्छन् रु अरुले सहजै थाहा पाउँछन् ।
– धेरै बोल्ने मान्छेसँग साथीभाइ आफन्तहरु सकेसम्म टाढा रहन खोज्छन् । एकोहोरो बोल्ने मात्र भएकाले उनीहरुको कुरा सुन्न मान्छेलाई सास्ती हुन्छ । त्यसैले धेरै बोल्ने मान्छेसँग साथीभाइ अलि टाढिन्छन् ।