• चैत्र १४ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री आरजुसहित प्रधानमन्त्री ओली विमस्टेक सम्मेलनमा सहभागी हुन बैंकक जाँदै

चैत्र ११ २०८१, मंगलवार

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन् । विमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली थाइल्याण्डको राजधानी बैंकक जाने भएका हुन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली एक सय सदस्यीय हुनेछ । विमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड रहेका छन् । आयोजक थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म छैटौं विमस्टेक सम्मेलन आयोजना गर्दैछ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरू सहभागी हुनेछन् । उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा विमस्टेक छैटौँ सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’