गाजरमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले स्वास्थ्यको लागि फलदायी हुने गर्छ। गाजर एक पोषकयुक्त खानेकुरा हो। त्यसैले गाजरलाई दैनिक जुस बनाएर खान सकिन्छ। सबै जुस जस्तै गाजरको जुस पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले आँखाको ज्योति बढाउन मात्रै नभई छालालाई चम्किलो बनाउन पनि मद्दत गर्छ ।
पोषक तत्त्वहरूले भरपूर गाजरको सेवन गर्नाले स्वास्थ्यमा एकदमै धेरै लाभ पाउन सकिन्छ । आज यो लेखमार्फत् हामी गाजरको जुस पिउँदा हुने फाइदाहरू यस्ता छन् ।
– दैनिक गाजरको जुस पिउँदा तौल कम गर्न पनि सहयोग हुन्छ । यसमा फाइबर हुन्छ जसले शरीरको बोसो कम हुँदै जान्छ ।
– दैनिक गाजरको जुस पिउँदा छालामा पनि चमक आउन थाल्छ । गाजरको जुसमा एन्टिअक्सिडेन्ट गुणका हुन्छ जसले अनुहारमा दागहरू आउन दिँदैन ।
– साथै यो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ । आँखाको समस्या तथा रोशनी तेज गर्नका लागि पनि तपाईं दैनिक गाजरको जुस पिउन सक्नुहुन्छ ।
– गाजरको जुसमा भिटामिन सी पनि पाइन्छ । जसले गर्दा इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ । यसले तपाईं छिटो-छिटो बिरामी हुनबाट बच्नुहुन्छ ।
– गाजरको जुस मुटुका स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । यसमा पोटासियम र फोलेट पाइन्छ, जसले मुटु स्वस्थ राख्छ ।
– कपालको समस्याका लागि पनि गाजरको जुस पिउन सकिन्छ । यसमा भिटामिन ‘ए‘, ‘बी’ र ‘ई’ हुन्छ । विशेषगरी, भिटामिन ‘ई’ प्रसस्त हुन्छ जसले गर्दा कपालको वृद्धि पनि राम्रो हुन्छ ।