• चैत्र १३ २०८१, बिहीबार

कांग्रेस भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ विभाजन, बन्याे समानान्तर समिति

चैत्र १० २०८१, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ विभाजित भएको छ । पहिलो महाधिवेशनबाट माधव चम्लागाई अध्यक्ष निर्वाचित भएको घोषणा लगत्तै असन्तुष्ट समूहले समानान्तर समिति घोषणा गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै डा शेखर कोइराला समूहका विकास थापाको नेतृत्वमा ३५ सदस्यीय समानन्तर समिति घोषणा गरिएको हो ।

समानान्तर समितिको उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे छन् । महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल तथा कोषध्यक्षमा पर्वतराज विष्ट चयन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत चैत ८ गतेदेखि सुरु भएको लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचन धाँधलीपूर्ण र एकलौटी ढंगले गरिएको भन्दै असन्तुष्टले समानन्तर समिति बनाएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन एकलौटी ढंगले फर्जी मतदाता ल्याएर गरिएको दाबी गरे ।

आफूहरुले उक्त निर्वाचन प्रक्रियामाथि आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा पनि नसुनिएको उनको भनाइ छ । मत परिणाम घोषणा नगरी यथास्थितिमा राख्न आग्रह गरे पनि निर्वाचन निर्देशन समितिका संयोजक मधु आचार्यलले एकलौटी रुपमा अवैधानिक काम गरेको थापाले बताए ।

समानन्तर समतिति घोषाणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ गोविन्द पोखरेल, नेता गुरुराज घिमिरे पनि सहभागी थिए ।

अधिवेशनमा थापा र कल्पना खड्का पनि प्रत्यासी थिए । उनीहरूलाई मतदान गर्न समेत नदिइ महामन्त्री गगन थापा समूहले माधव चम्लागाईलाई एकलौटी निर्वाचनबाट अध्यक्ष निर्वाचित गरेको आरोप लागेको छ ।