• चैत्र १३ २०८१, बिहीबार

पैसा भए फिल्म बनाउनुस नभए सह–सनर्माण छँदैछ : मीन भाम

चैत्र १० २०८१, सोमबार

चैत्र ११,काठमाडौँ । फिल्म समीक्षक रीता दत्र् विभिन्न देशसँगको सह–निर्माणमा फिल्म बनाउनका लागि कथामा ‘विश्वव्यापी तत्व हुनुपर्ने धारणा राख्छिन् । आठौं अन्तर्राष्ट्रिय नेपाल फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा आयोजित ‘सहनिर्माणका जटिलता’शीर्षकमा भएको छलफलमा रिताले ‘द लन्चबक्स’ र ‘अल वी इमाजिन एज लाइट’को उदाहरण दिँदै यो धारणा राखेकी हुन् । ‘द लन्चबक्स’ कान्समा हुँदा फिल्म हेरिसकेपछि त्यहाँको दर्शकले फिल्मको तारिफ गरे ।

त्यतिबेला मलाई लागेको थियो, यीनीहरुलाई के कुराले छुयो होला त ? फिल्मले भारतको बक्स अफिसमा पनि राम्रै उपस्थिति जनायो । पायल कपाडियाको फिल्मलाई पनि अन्तर्राष्ट्रिय दर्शकले राम्रै प्रतिक्रिया दिए । सायद विभिन्न देशसँगको सहकार्यका लागि तपाईंको कथामा विश्वव्यापी तत्व चाहिन्छ,’ रीताले भनिन् । सह(निर्माणका हिसाबले नेपाल र भारतका फिल्मकर्मीबीच पनि थुप्रै सम्भावना देख्छिन्, रिता । ‘लोकेसनका हिसाबले धेरै भारतीय फिल्म नेपालमा खिचेका छन् ।

नेपाल र भारतको संस्कृति र खाना उस्तै छन् । समान संस्कृति भएका फिल्म उद्योगबीच सहकार्य गर्न सहज हुन्छ । त्यसैले नेपाल र भारतसँगको सहकार्यमा सम्भावना देख्छ,’रीताले भनिन, ‘म चाहन्छु चाँडै मीन भाम र विनोद पौडेलले भारतीय फिल्मकर्मीसँग सहकार्य गर्दै फिल्म बनाउनेछन् । यो सम्भव छु’ । विभिन्न देशबाट अनुदान लिएर फिल्म बनाउँदा निर्देशकले कुनै पनि प्रकारको सम्झौता गर्नु नपरेको अनुभव सुनाउँछन, निर्देशक मीनबहादुर भाम ।

अन्तरक्रियामा मीनले यस किसिमको सहकार्यले आफूलाई झनै स्वतन्त्र र मजबुत बनाएको बताए । ‘को(प्रोडक्सनका निर्माताहरू मलाई दबाब दिन होइन मैले ल्याउने कथामा सहकार्य गर्न चाहन्छन् । उनीहरू मलाई फिल्म यसरी नै बनाउनुपर्छ भनेर भनिरहेका हुँदैनन् । म त धेरै देशका धेरै निर्माताहरूसँग काम गर्दा अझ बढी स्वतन्त्र अनुभव गर्छु । म कुनै पनि प्रकारको प्रभाव र दबाबबिना आफूले चाहेको फिल्म बनाइरहेको छु ।

त्यसैले म सहनिर्माणका लागि अहिले राम्रो अवस्था देख्छु,’मीनले भने । करिअरको सुरुवातमा मीनले विभिन्न देशका निर्मातासँग पहुँच बढाएका थिए । विस्तारै उनले ल्याब, मार्केटदेखि विभिन्न प्लेटफर्महरू भेटे जहाँ सह–निर्माणका बाटो देखे । तर, यस किसिमको सहनिर्माणका लागि कथामा ‘युनिभर्सल’ तत्व नै हुनुपर्ने मीनको भनाइ छ । ‘शाम्बालामा मेरो निर्माताले फिल्मको लम्बाइमाथि प्रश्न गरे सुरुमा । तर मैले उनीहरूलाई म फिल्मलाई छाँट्न तयार नभएको सुनाए,’मीनले भने,’हो, त्यतिबेला निर्माताले युनिभर्सल तत्व खोज्छन् । तर निर्देशकका हिसाबले निर्णय लिने अधिकार हामीसँग हुन्छ ।

म त सह(निर्माणमै फिल्म बनाउने सम्भावना देख्छु । तपाईंसँग फिल्म बनाउने पैसा छ बनाउनुस् तर छैन भने सह–निर्माणका लागि तयार हुनुपर्छ, यसको विकल्प देख्दिनँ ।’कथा भन्नका लागि कुनै पनि निर्देशकले यस किसिमको सह–निर्माणको तनाव लिइरहनु नपर्ने पनि मीन सुनाउँछन् । ‘खासमा फिल्मका लागि कुन देशका निर्मातासँग कसरी सहकार्य गर्ने भन्ने काम त निर्माताको हो । हामीकहाँ यस्तै निर्माताको कमी छ ।

यस्ता निर्माताले फिल्म बनाउनका लागि विभिन्न देश र प्लाटफर्मबाट पैसा लिएर आउने हो, यो निर्देशकको काम होइन,’ मीनले दर्शकदीर्घातर्फ हेर्दै भने । ‘भूठान’ बनाउँदा निर्देशक विनोद पौडेलको बैंक रित्तो थियो । तर, सह–निर्माणकै कारण आफूले गोजी रित्तो हुँदा पनि फिल्म बनाउन सकेको विनोद सुनाउँछन् । ‘को(प्रोडक्सनमा मेरो अर्कै प्रक्रिया हुने गर्छ, मीनको भन्दा धेरै फरक भनौं । बुलबुल पनि इन्डी फिल्म थियो । निर्माता भेटें फिल्म बन्यो ।

अनि बजारमा यसले राम्रै र्गयो । साँघुरोले बक्स अफिसमा खासै राम्रो गरेन । ‘भूठान’ बनाउँदा त्यसरी नै सम्बन्ध बन्दै गयो, को–प्रडक्सनका लागि बाटो खुल्दै गयो । सहनिर्माणसम्म पुग्न सहज भने हुँदैन,’विनोदले भने । चीनकी पटकथाकार लियो जियान फिल्म बनाउनका लागि पैसा भन्दा पनि ‘प्यासन’ हुनुपर्ने बताइन् । २१ वर्षअघि आफूसँग पैसा नहुँदै पनि फिक्सन फिल्म बनाएको प्रसंग जोड्दै जियानले भनिन्, ‘तपाईंसँग पहिला कथा भन्ने प्यासन हुनुर्पयो ।

तपाईंसँग जनशक्ति होला, कथा पनि होला । त्यतिबेला पैसा खर्च गर्ने साथीहरू भेटिँदै जान्छन् । पहिला फिल्मको कथा भन्ने मन हुनुर्पयो ।‘ निर्देशक भाम ‘पैसा नभएर फिल्म बनेन’ भन्नु युवा निर्देशकको अल्छिपन मात्र रहेको धारणा राखे । फिल्म बनाउने आफूमा हुटहुटी भए निर्माणका लागि निर्मातादेखि सह–निर्माणको विकल्प खोज्नुपर्ने उनले बताए । ‘पैसा छैन, त्यसैले फिल्म बनाइनँ नभन्नुस, त्यो कुराले युवा फिल्मकर्मीलाई अल्झाउँछ ।

तपाईंले पहिला फिल्म बनाउने सोच्नुस, पैसा दोस्रो कुरा हो । मैले पनि मेरो सुरुवाती फिल्म थोरै पैसामा बनाएको थिएँ,’भामले भने ।
चैत्र ११,काठमाडौँ । फिल्म समीक्षक रीता दत्र् विभिन्न देशसँगको सह–निर्माणमा फिल्म बनाउनका लागि कथामा ‘विश्वव्यापी तत्व हुनुपर्ने धारणा राख्छिन् । आठौं अन्तर्राष्ट्रिय नेपाल फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा आयोजित ‘सहनिर्माणका जटिलता’शीर्षकमा भएको छलफलमा रिताले ‘द लन्चबक्स’ र ‘अल वी इमाजिन एज लाइट’को उदाहरण दिँदै यो धारणा राखेकी हुन् ।

‘द लन्चबक्स’ कान्समा हुँदा फिल्म हेरिसकेपछि त्यहाँको दर्शकले फिल्मको तारिफ गरे । त्यतिबेला मलाई लागेको थियो, यीनीहरुलाई के कुराले छुयो होला त ? फिल्मले भारतको बक्स अफिसमा पनि राम्रै उपस्थिति जनायो । पायल कपाडियाको फिल्मलाई पनि अन्तर्राष्ट्रिय दर्शकले राम्रै प्रतिक्रिया दिए । सायद विभिन्न देशसँगको सहकार्यका लागि तपाईंको कथामा विश्वव्यापी तत्व चाहिन्छ,’ रीताले भनिन् ।

सह(निर्माणका हिसाबले नेपाल र भारतका फिल्मकर्मीबीच पनि थुप्रै सम्भावना देख्छिन्, रिता । ‘लोकेसनका हिसाबले धेरै भारतीय फिल्म नेपालमा खिचेका छन् । नेपाल र भारतको संस्कृति र खाना उस्तै छन् । समान संस्कृति भएका फिल्म उद्योगबीच सहकार्य गर्न सहज हुन्छ । त्यसैले नेपाल र भारतसँगको सहकार्यमा सम्भावना देख्छ,’रीताले भनिन, ‘म चाहन्छु चाँडै मीन भाम र विनोद पौडेलले भारतीय फिल्मकर्मीसँग सहकार्य गर्दै फिल्म बनाउनेछन् ।

यो सम्भव छु’ । विभिन्न देशबाट अनुदान लिएर फिल्म बनाउँदा निर्देशकले कुनै पनि प्रकारको सम्झौता गर्नु नपरेको अनुभव सुनाउँछन, निर्देशक मीनबहादुर भाम । अन्तरक्रियामा मीनले यस किसिमको सहकार्यले आफूलाई झनै स्वतन्त्र र मजबुत बनाएको बताए । ‘को(प्रोडक्सनका निर्माताहरू मलाई दबाब दिन होइन मैले ल्याउने कथामा सहकार्य गर्न चाहन्छन् । उनीहरू मलाई फिल्म यसरी नै बनाउनुपर्छ भनेर भनिरहेका हुँदैनन् ।

म त धेरै देशका धेरै निर्माताहरूसँग काम गर्दा अझ बढी स्वतन्त्र अनुभव गर्छु । म कुनै पनि प्रकारको प्रभाव र दबाबबिना आफूले चाहेको फिल्म बनाइरहेको छु । त्यसैले म सहनिर्माणका लागि अहिले राम्रो अवस्था देख्छु,’मीनले भने । करिअरको सुरुवातमा मीनले विभिन्न देशका निर्मातासँग पहुँच बढाएका थिए । विस्तारै उनले ल्याब, मार्केटदेखि विभिन्न प्लेटफर्महरू भेटे जहाँ सह–निर्माणका बाटो देखे । तर, यस किसिमको सहनिर्माणका लागि कथामा ‘युनिभर्सल’ तत्व नै हुनुपर्ने मीनको भनाइ छ ।

‘शाम्बालामा मेरो निर्माताले फिल्मको लम्बाइमाथि प्रश्न गरे सुरुमा । तर मैले उनीहरूलाई म फिल्मलाई छाँट्न तयार नभएको सुनाए,’मीनले भने,’हो, त्यतिबेला निर्माताले युनिभर्सल तत्व खोज्छन् । तर निर्देशकका हिसाबले निर्णय लिने अधिकार हामीसँग हुन्छ । म त सह(निर्माणमै फिल्म बनाउने सम्भावना देख्छु । तपाईंसँग फिल्म बनाउने पैसा छ बनाउनुस् तर छैन भने सह–निर्माणका लागि तयार हुनुपर्छ, यसको विकल्प देख्दिनँ ।

’कथा भन्नका लागि कुनै पनि निर्देशकले यस किसिमको सह–निर्माणको तनाव लिइरहनु नपर्ने पनि मीन सुनाउँछन् । ‘खासमा फिल्मका लागि कुन देशका निर्मातासँग कसरी सहकार्य गर्ने भन्ने काम त निर्माताको हो । हामीकहाँ यस्तै निर्माताको कमी छ । यस्ता निर्माताले फिल्म बनाउनका लागि विभिन्न देश र प्लाटफर्मबाट पैसा लिएर आउने हो, यो निर्देशकको काम होइन,’ मीनले दर्शकदीर्घातर्फ हेर्दै भने । ‘भूठान’ बनाउँदा निर्देशक विनोद पौडेलको बैंक रित्तो थियो ।

तर, सह–निर्माणकै कारण आफूले गोजी रित्तो हुँदा पनि फिल्म बनाउन सकेको विनोद सुनाउँछन् । ‘को(प्रोडक्सनमा मेरो अर्कै प्रक्रिया हुने गर्छ, मीनको भन्दा धेरै फरक भनौं । बुलबुल पनि इन्डी फिल्म थियो । निर्माता भेटें फिल्म बन्यो । अनि बजारमा यसले राम्रै र्गयो । साँघुरोले बक्स अफिसमा खासै राम्रो गरेन । ‘भूठान’ बनाउँदा त्यसरी नै सम्बन्ध बन्दै गयो, को–प्रडक्सनका लागि बाटो खुल्दै गयो । सहनिर्माणसम्म पुग्न सहज भने हुँदैन,’विनोदले भने ।

चीनकी पटकथाकार लियो जियान फिल्म बनाउनका लागि पैसा भन्दा पनि ‘प्यासन’ हुनुपर्ने बताइन् । २१ वर्षअघि आफूसँग पैसा नहुँदै पनि फिक्सन फिल्म बनाएको प्रसंग जोड्दै जियानले भनिन्, ‘तपाईंसँग पहिला कथा भन्ने प्यासन हुनुर्पयो । तपाईंसँग जनशक्ति होला, कथा पनि होला । त्यतिबेला पैसा खर्च गर्ने साथीहरू भेटिँदै जान्छन् । पहिला फिल्मको कथा भन्ने मन हुनुर्पयो ।‘ निर्देशक भाम ‘पैसा नभएर फिल्म बनेन’ भन्नु युवा निर्देशकको अल्छिपन मात्र रहेको धारणा राखे ।

फिल्म बनाउने आफूमा हुटहुटी भए निर्माणका लागि निर्मातादेखि सह–निर्माणको विकल्प खोज्नुपर्ने उनले बताए । ‘पैसा छैन, त्यसैले फिल्म बनाइनँ नभन्नुस, त्यो कुराले युवा फिल्मकर्मीलाई अल्झाउँछ । तपाईंले पहिला फिल्म बनाउने सोच्नुस, पैसा दोस्रो कुरा हो । मैले पनि मेरो सुरुवाती फिल्म थोरै पैसामा बनाएको थिएँ,’भामले भने ।