११ चैत, काठमाडौं । सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ ।
एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ । गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ । प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन् ।
‘मलेसिया बलियो टिम हो, ड्र सम्म भएपनि सन्तुष्ट हुन सकिन्छ तर हामी ३ अंककै लागि खेल्नेछौं’ प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हाम्रो योजना भनेको जित्नकै लागि खेल्ने हो, त्यसैअनुसार तयारी भइरहेको छ । बराबरी नै खेल्ने भन्ने सोच हुने छैन ।’त्यस्तै प्रशिक्षक किरण चेम्जोङले अवे मैदान भएपनि राम्रो खेल पस्कने बताएका छन् । ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन,
हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन । ‘ सिंगापुरमा नेपालको खेल हेर्न नेपाली दर्शकहरुको बाक्लो उपस्थिती थियो । मलेसियामा पनि नेपालीहरु धेरै रहेकोले नेपालको खेल हेर्न उपस्थित हुनेछन् । कप्तान किरण चेम्जोङले धेरै समर्थकहरु आउँदा फाइदा हुने बताएका हुन् । रोसको प्रशिक्षणमा नेपालले एसियन कप छनोटमा पहिलो खेल खेल्दैछ । उनको प्रशिक्षण डेब्युमा नेपालले शुक्रबार सिंगापुरलाई १९० ले पराजित गरेको थियो ।
मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपाल विरुद्धको खेलको लागि तयार रहेको बताएका छन् । ‘हामी भोलीको खेलका लागि उत्साहित छौँ । हामी खेलको लागि तयार छौँ ।’प्रशिक्षक पिटले नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि बताएका छन् । ‘हामी कसरी खेल्छटौँ म त्यसमा केन्द्रित हुन्छु । तर नेपालले सिंगापुरलाई हराएपछि उनीहरु हाम्रो लागि कठिन प्रतिस्पर्धी हुनेछौँ । उनीहरु यहाँ नतिजाका लागि उच्च मनोबलका साथ आएका हुन्छन् ।’
उनले आफ्नो सिद्धान्त अनुसार खेलेमा नतिजा आउने बताए । यस्तै खेलाडी म्याथ्यु डेभिसले पनि मलेसियन टिमले राम्रो तयारी गरेको र खेलका लागि तयार रहेको बताए । ‘हाम्रो तयारीबाट हामी सन्तुष्ट छौँ । हामी सकरात्मक नतिजा निकाल्ने आशामा छौँ ।’ डेभिसले नयाँ प्रशिक्षकको लागि सरकरात्मक नतिजा दिने बताए । पिटर गत डिसेम्बरमा मलेसियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा मलेसियाको यो पहिलो खेल हुनेछ ।
नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । वरियतामा पनि मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ । हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ । पछिल्लो पटक नेपालले सन् २०१९ मा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल २९० ले पराजित भएको थियो । नेपाल र मलेसियाबीच अहिलेसम्म ७ खेल भएको छ । जसमा ६ खेल मलेसियाले जित्दा १ खेल बराबरीमा सकिएको थियो । सन् १९८३ मा भएको मर्डेका कपमा नेपाल मलेसियासँग ७९० ले पराजित भएको थियो ।
त्यसपछि नेपालले सन् १९८५ र १९८९ मा विश्वकप छनोट अन्तर्गत मलेसियासँग २९२ खेल खेलेको थियो । १(८५ मा पहिलो खेलमा मलेसियालाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा ५९० ले पराजित भएको थियो । १९८९ मा भने नपाल २९० र ३९० ले पराजित भएको थियो । यस्तै २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाल मलेसियासँग २९० ले पराजित भएको थियो । एसियन कप छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तय भएपनि दशरथ रंगशालमाले मान्यता नपाउँदा नेपालले मलेसियामा गएर खेल्न लागेको हो ।
दशरथ रंगशालालाई एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन तत्काल मान्यता नदिएपछि नेपालले मलेसियासँग होम म्याच स्वाप गरेको हो । जस अनुसार नेपालको होम म्याच मलेसियाको मैदानमा खेल्ने र मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति छ । एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् । होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन् । एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।