• चैत्र १८ २०८१, मंगलवार

जापानले सिन्धुलीमा बनाइदिएको स्वास्थ्य चौकी हस्तान्तरण

चैत्र १० २०८१, सोमबार

काठमाडौं । जापानले सिन्धुलीको गोलन्जोर ग्रामीण नगरपालिकालाई नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ ।

जापानी सरकारको ग्रासरुट मानव सुरक्षा परियोजनाको लागि अनुदान सहयोग अन्तर्गत अमेरिकी डलर ७३,७४७ को अनुदान सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो ।

स्थानीय गैरसरकारी संस्था सहकारिता नेपाल, सिन्धुलीद्वारा सो कार्यक्रमको कार्यान्वयन गरिएको हो । यो स्वास्थ्य चौकी समुदायमा एक महत्वपूर्ण चिकित्सा सेवा केन्द्र हो र यसले निःशुल्क चिकित्सा सेवा प्रदान गर्दछ । पुरानो भवन भत्किने खतरामा रहेको र समुदायमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न पुनर्निर्माण गर्नुपरेको हो ।

गोलन्जोर ग्रामीण नगरपालिकाको वडानम्बर १ मा नवनिर्मित स्वास्थ्य चौकी एक कंक्रीटबाट बनेको भवन हो । जहाँ परीक्षण र प्रशासन कक्ष, उपचार कक्ष, बिरामी कक्ष, स्वागत कक्ष र नर्स स्टेशन, फोहोर व्यवस्थापन कक्ष, भण्डारण कक्ष र दुई शौचालयहरू रहेका छन् ।

यसले यस ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवामा सुधार ल्याउने र यस क्षेत्रमा स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस अवसरमा जापानी दूतावासले परियोजनामा संलग्न सबैप्रति आभार व्यक्त गरेको छ ।

दूतावासले स्वास्थ्य चौकी सामुदायिक सम्पत्ति बन्ने, समुदायका बासिन्दाहरूको सेवा गर्नेछ र जापान र नेपाली जनता बीचको मित्रतालाई अझ सुदृढ पार्न योगदान पुर्‍याउनेछ भन्ने अपेक्षा गरेको छ ।